दब्ल्याङ पहिरो बाग्लुङ
फेरि पनि उही रमाइलो पर्व सुरु भयो। हरेक वर्ष उही समस्या, उही नाटक। समस्याले महिनासम्म हाम्रा नाकमा डन्डी घुसाउँछ, हामीलाई पीडा दिन्छ, अनि जब हामी दिक्क भई चिच्याउन थाल्छौं, तब महिनाको अन्त्यमा एक जेसिबी प्रकट हुन्छ, मानौं भगवान् नै अवतरित भएर समस्याको समाधान गर्न आए।अनि हाम्रो भीड पनि गजबकै छ। जेसिबी देख्ने बित्तिकै मानिसहरू सबै पीडा, निराशा र महिनाभरिको दुर्दशा चटक्क बिर्सन्छन्। ताली बजाउँछन्, सिट्टी फुक्छन्, मानौं कुनै ठूलो युद्ध जितेर आएका योद्धालाई स्वागत गरिरहेका छन्। लाग्छ, यो जेसिबीले स्थायी समाधान ल्याउने कुनै जादुको छडी लिएर आएको छ।तर विडम्बना! अर्को वर्ष फेरि उही समस्या, उही नाटक। समाधानको नाममा यो केवल एक वार्षिक मनोरञ्जन हो, दिग्ग नेतृत्वको अभावको उत्सव। हामीलाई दिगो समाधान गर्ने नेतृत्व चाहिएको हो, सडकमा आएर ताली खाँदै हिँड्ने नाटककार होइन।यस्तो लाग्छ, उनीहरूले समस्या समाधान गर्न होइन, बरु हामीलाई हरेक वर्ष मूर्ख बनाउने तालिम लिएका छन्। र, हामी पनि खुशीले मूर्ख बन्न तयार भइदिन्छौं।
यो त एउटा चक्र हो, जहाँ हामी आशाका साथ ताली बजाउँछौं र अर्को वर्षको निराशाको प्रतीक्षा गर्छौं।
Facebook Post: https://www.facebook.com/100004140404553/posts/pfbid037jQX2ZY68vHgLspvZSi7TQoMdrSLPvNnbmhjzMHoeKUxeZDBciGReLMnk2Xb7QQ6l/?app=fbl

0 Comments