jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

शेरे को झोले

तिमी जेसुकै गर पैसामा पुरिएर मर
अझ देउवाको झोले भन्दै पछिपछि पर

झुटको खेती गर, भ्रष्टाचारमा रमाऊ,
सत्यको बाटो बिर्सेर, अन्धकारमा हराऊ।

देशको माया नलाग्ने, आफन्तमाथि भर,
अझ देउवाको झोले भन्दै पछिपछि पर।।

जनताको भोट किनबेच, महल बनाऊ,
गरिबको आँसु चुसेर, सुखले रमाऊ।

सत्ताको स्वादमा भुलेर, सिद्धान्तलाई बेच,
रातारात धनी बन्न, नैतिकतालाई मेट।

यो जुनीमा यस्तै गर, आउँदो जुनीमा के गरौला,
फेरी पनि सेरेको झोले भन्दै,पछिपछि परैला ।।

Post a Comment

0 Comments