जीवन के थियो, तिमीले बुझ्न सकिनौ।
खुल्ला किताब थियो, तिमीले पढ्न सकिनौ।
सपनाको सहर थियो, तिमीले देख्न सकिनौ।
मुटुको धडकन थियो, तिमीले सुन्न सकिनै
प्रेमको वर्षा थियो, तिमीले भिज्न सकिनौ,
अमृतको घुट्का थियो, तिमीले पिउन सकिनौ।
यात्रा थियो अनन्तको, तिमीले हिँड्न सकिनौ
मौनताको भाषा थियो, तिमीले बुझ्न सकिनौ।
खुशीको गीत थियो, तिमीले गाउन सकिनौ
हाँसोको फुहारा थियो, तिमीले हाँस्न सकिनौ।
पीडाको आँसु थियो, तिमीले पुछ्न सकिनौ
मेरो कथा थियो, तिमीले लेख्न सकिनौ।
0 Comments