बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९, पैयुँथन्थाप क्षेत्रमा मङ्गलबार राति निरन्तर परेको वर्षाले बाढी निम्त्यायो,भीषण बाढीले करिब १ अर्ब ४ करोड रुपैयाँ बराबरको ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण कालुङखोला जलविद्युत् आयोजना पूर्ण रूपमा प्रभावित हुँदा १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन्। त्यसैगरी बाढीले पुल बगाएको, खेतिपाती गर्ने उपयुक्त जमिन बगरमा परिणत गरेको र सडक सञ्जालसमेत पूर्ण रूपमा अवरुद्ध पारेको जनाइएको छ।बाढीले ६ घर पहिरोको उच्च जोखिममा परेका छन्, ठेउलेकाका ५ घर जोखिममा र २ गोठ पूर्ण रूपमा क्षतिग्रस्त छन्।
यस विनाशकारी प्राकृतिक प्रकोपले स्थानीय जीवनयापन, पूर्वाधार र कृषि प्रणालीमा गम्भीर असर पारेको छ।
बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ ।
0 Comments