लाग्छ जून रहरले धर्तीमा आएको छ।
तिम्रो हर चालमा एउटा नशा छ,
जस्तो मधुशाला नै ढल्केर आएको छ।
यी आँखा हुन् कि हुन् रहस्यका खानी,
जहाँ सारा ब्रह्माण्ड लुकेर बसेको छ।
तिम्रो बोलीको मिठास त सोधिनसक्नु,
कानमा अमृत जस्तो घोलिएर आएको छ।
यो प्रेमको डोरी कति बलियो होला,
दुई मुटुलाई यसरी गाँसेर राखेको छ।
✍️: जीवन आचार्य
0 Comments