jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

दूर सरेर गयौँ।

आउँदै थिएँ,समिप दूर सरेर गयौ
गोधुलीमा आँखा यसरी तरेर गयौ

छैनन् सिँगारीएका ती परेलाहरू
आँसुका धाराले मुहार धारेर गयौ

सुकेका ओठहरूमा हाँसो फुलाउँदै
मुटुमा बिझिने काँडा सारेर गयौ

विरहको पीडाले छटपटिँदा म यहाँ
आँखामा सपना हजारौं भरेर गयौ

खै कुन जुनीको बदला लिन थियौ र
जिन्दगीबाट मलाई यसरी झारेर गयौ।

✍️: जीवन आचार्य

Post a Comment

0 Comments