Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

साहुनी भएकी रहिछौ..।



बजारकी साहुनी ! भएकी रहिछ्यौ,
उधारोमा प्रश्नहरूको जवाफ माग्दैछु।।

भरोसा गरेर भुक्तानी गरिदिनु
शब्दहरूको ब्याज मात्र तिर्दैछु।।

पर्खाइमा दिनहरू बितिगए,
अपेक्षाको भारी बोक्दै हिँडिरए ।

तिम्रो एक बोलीको आशमा,
मनका ढोकाहरू खुल्लै राखिगए।।

अब त गरिदेऊ यो हिसाब चुक्ता,
सम्बन्धको यो लेनदेनमा,
विश्वासको मुद्रा सधैँ होस् पक्का।
✍️: जीवन आचार्य

Post a Comment

0 Comments