jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

तिम्रो हितमा थिएन..।


मेरो खुसी तिम्रो हितमा थिएन
मैले देखेको सपना तिम्रो हितमा थिएन,
गुलाफ फुल कलिला कोपिला 
असिने पानी, अनि मुस्लधार बर्षा 
झरी गएछ,फुल तिम्रो हितमा थिएन।
यो झरी तिम्रो हितमा थिएन,
रितिएको गोजी, खोकरिएको सपना
जल्दै गरेको आस, अनि मरेको रहर
मेरो अपुरो, अधुरो मन्तव्य तिम्रो हितमा थिएन..। 

✍️: जीवन आचार्य 

Post a Comment

0 Comments