बेवास्ता नै गर, केही भन्दिन म,

जति सरे पनि पर, केही भन्दिन म।

सपनामा भेट्छु हरेक रात तिमीलाई,
टुटोस् यो निद्रा, केही भन्दिन म।

पास त तिमी आउनु नै छ एक दिन,
तिम्रो गन्तव्य मेरो घर, केही भन्दिन म।

संसारले भनोस् तिमीलाई जे-सुकै,
सत्य हौ तिमी केही भन्दिन म।

पर्खिरहनेछु तिम्रो त्यो एक नजर,
डुबोस् यो सारा संसार केही भन्दिन म।

✍️: जीवन आचर्य