jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

झोले नेता का कार्यकर्ता

तपाईंहरूको राजनीतिक यात्रा देखेर हामीलाई 'झोला'को महिमा कति ठूलो हुँदो रहेछ भन्ने कुराको ज्ञान भयो। कुनै समयमा भारी बोक्ने साधनका रूपमा मात्र चिनिने 'झोला' अहिले पद, प्रतिष्ठा र पैसा बोक्ने शक्तिशाली माध्यम बनेको छ।

 तपाईंहरूले 'झोला'को अपमान होइन, गरिमा बढाउनुभएको छ। तपाईंहरूलाई देखेर कहिलेकाहीँ लाग्छ, नेपाली राजनीतिको मैदानमा मानिस होइन, रिमोट कन्ट्रोलबाट चल्ने Robert हरू छन्। नेताले जुन बटन दबाउँछ, तपाईंहरू त्यहीअनुसार बोल्नुहुन्छ र चल्नुहुन्छ। तपाईंहरूको यो 'अटोपाइलट' मोडले गर्दा नेताहरूलाई सोच्ने र निर्णय गर्ने झन्झटबाट मुक्ति मिलेको छ।

नेताहरु, तपाईंहरूले राजनीतिक आदर्श, सिद्धान्त र निष्ठालाई 'झोला'मा पोको पारेर राख्नुभएको छ।जब कोही कार्यकर्ताले प्रश्न गर्छ, तब तपाईंहरू त्यो पोको खोलेर देखाउनुहुन्छ र फेरि तत्काल बन्द गरिहाल्नु हुन्छ। त्यो आदर्श धेरै समय बाहिर राख्दा बिग्रिन्छ होला! जनताले तपाईंहरूलाई विकास र समृद्धिको 'झोला' बोकाएर पठाएका थिए। तर, तपाईंहरूले त्यो 'झोला' फ्याँकेर आफ्ना नेताको 'झोला' समात्नुभयो। अब चुनावको बेलामा फेरि जनताले आफ्नो 'झोला' लिएर आउँदा तपाईंहरूले के जवाफ दिनुहुन्छ?

शायद, त्यसबेला पनि तपाईंहरूका हातमा कुनै न कुनै 'झोला' हुनेछ!

Post a Comment

0 Comments