jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

अलविदा

 
यसरी मेटिएउ तिमी,भेट्टाउनै सकिनँ,
जसरी बालुवाको घर,सपनामा नि मेटिन्छ,

जसरी कुहिरोले ढाक्दा,बाटो नै मेटिन्छ ।

यसरी बिलायौ तिमी,बिर्सन नै सकिनँ,


जसरी जून हराउँदा,रात शून्य लाग्छ,

जसरी फूल झर्दा,बगैँचा उजाड लाग्छ ।


यसरी टाढियौ तिमी,बोलाउनै सकिनँ,

जसरी छायाँले छोड्दा,मान्छे एक्लो हुन्छ,


जसरी गीत हराउँदा,ओठ मौन हुन्छ ।


यसरी छुटीयौं तिमी,आफ्नो बनाउन सकिनँ,

जसरी समयले मेटाउँछ,पुरानो निशानलाई,


जसरी नदीले बगाउँछ,सुन्दर किनारलाई ।


✍️: जीवन आचार्य

Post a Comment

0 Comments