jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

आमा


घाँसको भारी बोकेर आउँथिन्,
पसिनाले निथ्रुक्क भिजेको शरीर, चाउरिएको अनुहार।
तर, हामीलाई देख्दा उनको ओठमा सधैँ मुस्कान फुल्थ्यो,
आँखामा एउटा अलौकिक चमक।
कहिल्यै सोधिनँ आमा! तिमीलाई थकाइ लाग्यो?

किनकि हामीलाई थाहा थिएन, थाकाइको परिभाषा के हो,
न त बुझ्ने चेतना नै थियो उनको अथाह त्यागको गहिराइ।
हामीलाई खुवाएर अगाउँथिन्,
आफ्नो भागको गाँस पनि कहिलेकाहीँ हाम्रै थालमा थपिदिन्थिन्।
हामी पेटभरि खाएर सन्तुष्टिको सास फेर्थ्यौं,
उनको अनुहारमा एउटा तृप्तिको भाव छाउँथ्यो।
कहिल्यै सोधिन आमा! तिमीलाई भोक लाग्यो?

किनकि हामी त भोकमरीको पीडाबाट अनभिज्ञ थियौँ,
हामीलाई लाग्थ्यो, आमा कहिल्यै भोकै बस्नुहुन्न।
रातभर जाग्राम बस्थिन्,
हामी निदाएको हेरेर, निधारमा मायाले मुसार्दै।
कहिले ज्वरोले काम्दा, कहिले दुखेर रुँदा,
उहाँको हात सधैँ हाम्रो शिरमा हुन्थ्यो, न्यानो र शीतल।
कहिल्यै सोधिनँ आमा! तिमीलाई निद्रा पुग्यो?

किनकि हामीलाई त निद्राको मीठो संसार प्यारो थियो,
आमाको जागृत पलहरूको दुःख हामीले देखेनौँ।
हरेक दुःखमा साथ दिन्थिन्,
हाम्रा सानातिना खुसीहरूमा पनि खुलेर हाँसिदिन्थिन्।
आफ्ना पीडाहरूलाई मुटुभित्रै लुकाएर,
हाम्रो जीवनमा सधैँ उज्यालो छरिदिन्थिन्।
आज पनि सम्झँदा लाग्छ,
आमाको महानताको अगाडि हामी कति सानो थियौँ।

कति प्रश्नहरू नसोधिएका रहेछन्,
कति उत्तरहरू नसुनाइएका रहेछन्।

आमा, तपाईंको अगाध प्रेम र त्यागको ऋण यो जुनीमा तिर्न असम्भव छ।

✍️: जीवन आचार्य 

Post a Comment

0 Comments