कहिलेकाहीँ यी यादहरू
शब्दमा कहाँ अटाउँछन् र?
बोल्न खोज्दा मौनता नै बन्छ,
मनको गाठो अझै कसिन्छ र,
साथहरू त केवल क्षणका पाहुना,
आउँछन्, हाँस्छन् र बिलाएर जान्छन्।
हातका यी रेखाहरूझैँ छुटिएर,
केवल मीठा छापहरू छोडेर जान्छन्।
हुन त, केको गुनासो गर्नु र यहाँ?
जब यो देह पनि कहाँ अमर हुन्छ र !
माटोको चोला, एक दिन माटैमा मिल्ने,
यो नश्वरता नै जीवनको अमर सत्य हुन्छ।
त्यसैले,
न शब्दको खोजी गरौँ, न साथको आस।
केवल यो क्षण बाँचौँ, यही नै खास।

0 Comments