jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

महरा काण्ड

 

एउटै व्यक्तित्वमा कति धेरै बहुमुखी प्रतिभाको भण्डार! एकातिर, उहाँलाई आदरणीय रोशनी शाहीको 'शयनकक्ष'सम्म पुर्याउने साहसिक प्रेम कहानी, जसलाई पछि हाम्रो कानूनले प्रमाणको अभाव भन्दै सत्यको गहिराइमा पुग्नै सकेन। त्यो बलात्कार प्रयासको दुर्भाग्यपूर्ण घटना त क्लिन चिट पाएर सफा भयो। लाग्छ, उहाँ अदालतमा सत्यवादी हरिश्चन्द्रको रूप धारण गर्न सिपालु हुनुहुँदो रहेछ!
अनि फेरि, देशको अर्थतन्त्रलाई मजबुत बनाउन उहाँको राष्ट्रवादी प्रयास! सभामुखको कुर्सीमा बसिसकेका मानठा उहाँले फेरी सोचेनसोचेको काममा हात हाल्नुभयो।त्यो पनि Electronic चुरोट (Vape) भित्र सुन लुकाएर तस्करी गर्ने उच्च कोटिको योजना। सामान्य नेपालीहरूले पेट पाल्न संघर्ष गर्दा, महरा र उहाँका सपूतहरूले चाहिँ धुवाँभित्र सुनको चमत्कार देख्ने अद्भुत क्षमता देखाए।साँच्चै, महराजीको नियति पनि गजबकै छ!

Post a Comment

0 Comments