होटेलमा भाडा माझी त्यो बालक जीवन चलाइरहेछ,
भोको पेट भर्नी आसमा दिनहुँ शरीर गलाइरहेछ,

गाउँमा केइ हुन भनी आफ्नी क्ष्रीमती सँग बाहिरियो छोरो,
उसको बाबू यही कुटो कोदालो गरि सुन फलाइरहेछ,

घरजग्गा सबै साउको नाममा गरि मुग्लान गएको युवक,
गतिलो जागिरको प्रलोभन देखाइ साउले बारम्बार छलाइरहेछ,

मनले चिताएको सबै कहाँ पूरा हुन्थ्यो होला र यहाँ,
सिङ्गो शरीर करोडौं सपना तेइ चितामा जलाइरहेछ,

एकअर्काको घाउमा मलमपट्टी लगाउनुपर्न यो समाज
दाजुभाइकै घर घरमा दण्डको आगो बलाइरहेछ ।।

✍️: जीवन आचार्य